जेठ ०३, २०८१, बिहीबार
               

सर्वोच्चको फैसला एक पक्ष खुसी र अर्को पक्ष निराश हुनुपर्ने अवस्था होइन: लोहनी

नेपाल फ्ल्यास
फागुन १५, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सर्वोच्चको फैसला स्वागतयोग्य,तर लड्डु खाएर एक पक्ष खुसी र अर्को पक्ष निराश हुनुपर्ने अवस्था भने नरहेको बताएका छन् । 

शनिबार काठमाडौंमा भएको बृहत् पार्टी प्रवेश तथा युवा भेलालाई संबोधन गर्ने क्रममा नेता लोहनीले संसदीय व्यवस्थाको मूल थलो संसद्लाई राजनीतिक निकासको थलो बनाउन सुझाव दिँदै सो बताएका हुन् ।

जनता भोक,रोग र गरिबीबाट प्रताडित रहेता पनि सरकारको ध्यान त्यतातिर नगएको बताउँदै उनले सरकारको ध्यान खाली सत्ता र पैसातर्फमात्रै केन्द्रित रहेको बताए । महँगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल रहेको बताउँदै उनले सरकार भ्रष्टाचारको खाडलमा डुबेको बताए । 

सरकारले मुलुकलाई निकास दिन नसक्ने बताउँदै उनले विवादमा रहेको राष्ट्रपतिको स्थानमा निर्विवाद राजसंस्था पनुर्स्थापना गरी नेपालको पहिचान हिन्दुराष्ट्र बनाउन सुझाव दिए ।

यो पनि