जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेस नेता जोशीको स्वास्थ्य सुधारोन्मुख

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

बिहीबार राति मस्तिष्काघात भएका जोशी उपचारका लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको हो । अस्पतालका अनुसार शुक्रबारको तुलनामा उनको  स्वास्थ्यमा सामान्य सुधार देखिएको छ । पछिल्लो समय उनले  हातखुट्टाको माध्यमबाट सामान्य संकेत दिन थालेका छन् ।जोशी यसअघि अचेत अवस्थामा थिए । 

शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका अस्पतालले जनाएको छ । 

जोशीलाई बिहीबार राति मस्तिष्काघात भएको थियो । अहिले उनको नर्भिक अस्पतालको आइसियूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि