जेठ ०१, २०८१, मंगलबार
               

सरकार परिवर्तनको अभ्यासमा नलाग्न मन्त्री  गुरुङको आग्रह

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटनका क्रममा मन्त्री गुरुङले जनताको चाहना नै वर्तमान सरकार भएको बताउँदै सो बताएका हुन् । 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘अब सरकार परिवर्तन गर्न लाग्नेहरु निरास हुँदैछन्, मुलुकमा अवरोध होइन गति दिन जरुरी छ, ढुक्क हुनुहोस् यही सरकारले मुलुकमा समृद्धि ल्याउँछ ।’

सरकार मुलुकप्रति चिन्तित भएको भएको बताउँदै मन्त्री गुरुङले यही सरकारले नै देशलाई सही बाटोमा अगाडि बढाउने बताए ।  ‘मुलुकलाई गति दिन लाग्नुभएको प्रधानमन्त्रीलाई बीचबीचमा अवरोध गरियो, काम गर्न दिइएन, उहाँको उत्साहमा ब्रेक लगाउने काम भयो तर प्रधानमन्त्री नेतृत्व गर्न सफल हुनुभयो,’ मन्त्री गुरुङले भने ।

फरक प्रसंगमा उनले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुसार नै सरकारले प्रत्येक घरघरमा इन्टरनेट सेवा पुर्‍याउने योजनालाई तीव्रता दिएको जानकारी दिए ।

उनले त्यसका लागि सम्भव हुने स्थानमा अप्टिकल फाइबर र नहुने स्थानमा वायरलेसबाट भए पनि इन्टरनेट पुर्‍याउने योजना सुनाए ।

मन्त्री गुरुङले इन्टरनेट सेवालाई सस्तो बनाउन राजश्व कम गर्ने योजना पनि सुनाए । उनले डिजिटल नेपाल निर्माणका लागि सरकारले नीति कार्यक्रम अघि सारेको बताउँदै त्यसका लागि मन्त्रालयले डिजिटल फ्रेमवर्क कमिटी गठन गरेको जानकारी दिए ।

अहिले सरकारले नागरिक एप्स र मोबाइल एप्स सञ्चालन गरिरहेको उनको भनाइ छ । डिजिटल नेपालको आकांक्षा पूरा गर्नका लागि पनि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गरी प्रविधिमैत्री बनाउने तयारी गरिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि