बैशाख १७, २०८१, सोमबार
               

देश पुन: मध्यावधि चुनावतर्फ जाने सम्भावना छ: मन्त्री रायमाझी

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री  टोपबहादुर रायमाझीले नयाँ सरकार बन्न नसक्ने  अवस्थामा यही सरकारले निरन्तरता पाउने बताएका छन् । 

अनेरास्ववियुद्वारा आयोजित कार्यममा सहभागी मन्त्री रायमाझीले सरकार बन्ने पाँच सम्भावना रहेको बताउँदै प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याए र असफल भएमा देश फेरि मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताए ।

‘अहिले पनि केपी ओली प्रधानमन्त्री नै हुनुहुन्छ । यो बुझिराख्नु होला, ती साथीहरूलाई सुनाउन खोजेको । सम्भावना चार-पाँचवटा छन् । पहिलो हामीलाई छाडेका साथीहरूले अरू कुनै पार्टीको नेतालाई अगाडि सारेर मानिदिएको खण्डमा त्यो आग्रह स्वीकार गरेमा सरकार बन्ने सम्भावना झिनो छ,’ मन्त्री रायमाझीले भने, ‘ओली र अर्को पार्टी मिलेर सरकार बन्ने पनि जब्बर सम्भावना छ । तेस्रोमा ती साथीहरूको बुद्धि फिर्‍यो भने आफ्नै घरमा बसिरहने हो भने ओलीको निरन्तरताको सम्भावना पनि छ ।’

 कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै मन्त्री रायमाझीले अलग भएर गएकाहरुले सरकार बनाउने सम्भावना नभएको बताउँदै यही सरकार चलिरहने बताए ।  फागुन ११ पछि परिस्थितिमा फरक आए पनि सबै सम्भावनाका ढोका खुल्न बाँकी रहेको उनको भनाइ छ । 

‘कसैको सरकार नबने फेरि मध्यावधि चुनावमा जाने सम्भावना एक नम्बरमा छ । चिज त्यतै जाला जस्तो छ,’ रायमाझीले भने । 

यो पनि