जेठ ०३, २०८१, बिहीबार
               

अदालतले लोकतान्त्रिक संविधानलाई बचाएको छ: पूर्वराष्ट्रपति यादव

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिभित्र लोकतन्त्र बलियो नभएसम्म मुलुकमा लोकतन्त्र कार्यान्वयन हुन नसक्ने बताएका छन् । 

बिहीबार कांग्रेस जिल्ला कार्यसमिति धनुषाद्वारा आयोजित महेन्द्रनारायण निधिको ९९ औँ जन्मजयन्ती समारोह पूर्वराष्ट्रपति यादवले सो बताएका हुन् । 

‘राजनीति दल विधि र प्रक्रियाअनुसार नचलेर चिरा परेकाले मुलुकमा समस्या आएको छ । लोकतन्त्र, संघीयता र समावेशीमा विश्वास गर्नेको जित भएको छ । अदालतले लोकतान्त्रिक संविधानलाई बचाएको छ । मुलुकमा लागेको ग्रहणलाई अदालतले संविधानअनुसार हटाएको छ,’डा. यादवले भने, ‘संविधानलाई बचाउने अदालतलाई नमन गरी समन गर्न चाहन्छु ।’ सो क्रममा उनले संविधान र लोकतन्त्र रक्षाका लागि अदालतले आफ्नो धर्म निर्वाह गरेको गरेको पनि बताए । 

प्रतिनिधिसभा विघटन बदरपछि चार/पाँच चरणमा सरकार गठन प्रयासपछि मात्र मुलुकमा निर्वाचन हुने पूर्वराष्ट्रपति यादवको भनाइ थियो । 

डा. यादवले भने, ‘लोकतन्त्र रक्षा गरी संविधान कार्यान्वयनका लागि अदालत र निर्वाचन आयोग निष्पक्ष हुनुपर्छ ।’

यो पनि