जेठ ०४, २०८१, शुक्रबार
               

प्रतिनिधिसभाका संसद्ले एकमुष्ट तलब सुविधा पाउने

नेपाल फ्ल्यास
फागुन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटन हुँदाको अवधिको तलब–भत्ता एवं अन्य सुविधा पनि सांसदहरुले पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन खारेज गरेपछि पुस र माघको तलब–भत्तासहित अन्य पाउँदै आएको सेवा–सुविधा पाउने भएका हुन् ।

फागुन महिनाको तलब सांसदहरुको खातामा जाँदा पुस र माघ महिनाको तलब–भत्ता र अन्य सेवा–सुविधावापतको रकम  उनीहरुले एकमुष्ट रुपमा पाउनेछन् । 

एकजना सांसद्को पारिश्रमिक मासिक ६४ हजार रुपैयाँ छ । त्यसबाहेक उनीहरुले घरभाडा, सञ्चारलगायत अन्य सेवा–सुविधा पनि पाउँदै आएका छन् । हाल प्रतिनिधिसभामा २७५ सदस्य छन् ।

त्यसअनुसार मासिक एक करोड ७६ लाख रुपैयाँ प्रतिनिधिसभा सदस्यहरुले पारिश्रमिक मात्रै पाउँछन् । त्यसबाहेक घरभाडा, सञ्चार, यातायात, स्वास्थ्य उपचारलगायतका अन्य सेवा–सुविधा पनि पाउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि