बैशाख २२, २०८१, शनिबार
               

आज बिहान राष्ट्रिय सुरक्षा परिषद् र मन्त्रिपरिषद् बैठक बस्दै

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आज  विहान ९ बजे राष्ट्रिय सुरक्षा परिषद् र १० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बैठक बोलाएका हुन् । स्रोतका अनुसार बैठकमा समसामयिक सुरक्षा विषय, देशमा विकसित भएका पछिल्ला घटनाक्रम लगायत विषयमा छलफल हुने छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको सहभागिता हुने बताइको छ । 

प्रधानमन्त्री ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था रहेको छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । 


कस्तो लाग्यो ?

यो पनि