बैशाख २१, २०८१, शुक्रबार
               

‘केही वर्षमा मेची-महाकाली रेल कुद्छ’

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र मेची -महाकालीसम्म रेल कुद्ने बताएका छन् ।

सोमबार वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्,-‘पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य सुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ,’  सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने । यद्यपि असोज २ मा ल्याइएका रेल अझै सञ्चालन हुन सकेका छैनन् ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउन तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउँदै गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने प्रतिबद्बता पनि प्रकट गरे ।


कस्तो लाग्यो ?

यो पनि