जेठ ०३, २०८१, बिहीबार
               

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । 

पुस १३ मा संसद् विघटनपश्चात् सर्वोच्चमा  परेका रिटको पक्ष र विपक्षमा बहस सकिएर १५ गतेभित्र फैसला आउने आँकलन भइरहेका बेला प्रधानन्यायाधीश जबरा र सेनापति थापाबीच भेट भएको हो ।

न्यायाधीश जबरा र सेनापति थापाबीच सोबार दिउँसो सर्वोच्चमा भेटवार्ता भएको बताइएको छ । यद्यपि भेट के विषयमा केन्द्रित थियो भनी खुलाइएको छैन । जबरालाई भेट्न सेनापति सोमबार दिउँसो सर्वोच्च गएका थिए ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका बेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

संसद् विघटनपश्चात् सोको विरोधमा उत्रेको सत्तारुढ दल नेकपाको एक धारले केपी शर्मा ओली निरंकुशतातर्फउन्मुख भएको भनी आरोप लगाउँदै आएको छ ।

यो पनि