जेठ ०३, २०८१, बिहीबार
               

कांग्रेस नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको निधन

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । परिवारका अनुसार ६६ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

रानाभाटको पार्थिक शरीरलाई मंगलबार बिहान ८.३० देखि ९.३० सम्म अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिने र त्यसपछि देवघाटमा अन्तेष्टि गरिने जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि