बैशाख १७, २०८१, सोमबार
               

अर्थमन्त्री विष्णु पौडेलद्वारा सिद्धार्थ केबलकारको शिलान्यास

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बुटवल उपमहानगरपालिका–१, देउराली डाँडादेखि पाल्पाको तिनाउ गाउँपालिका– २, नुवाकोटगढी चल्ने सिद्धार्थ केबलकारको शिलान्यास गरेका छन् ।

 अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार नेपाल-अंग्रेज युद्धताकादेखिकै गढीको रुपमा परिचित सो केबलकारको आइतबार उद्घाटन गरेका हुन् । 

केबलकारको शिलन्यास गर्दै मन्त्री पौडेलले केबलकारका कारण पर्यटक आगमनका साथै आर्थिक चलायमान हुने बताए। सो क्रममा उनले रुपन्देही विकासका दृष्टिले देशको नमुना जिल्लाका रुपमा स्थापित हुने पनि बताए।

रुपन्देही क्षेत्रका व्यवसायीको लगानीमा १८ महिनामा तयार हुने केबलकारका लागि आवश्यक संरचना निर्माणका लागि १ वर्षअघि नै मन्त्रिपरिषदबाट जग्गा भोगचलनको स्वीकृत पाएको थियो।

सन् १८१४ ताका तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले अंग्रेजी फौजसँगको युद्धमा त्यतिबेलाको पाल्पा राज्यलाई विजयी गराउन बुटवलको जितगढी र नुवाकोटबाट युद्ध गरेका थिए।

ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व बोकेको मणिमुकुन्द सेन उद्यान फूलबारीदेखि उत्तरपूर्वमा रहेको देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन हुने केबुलकारको लम्बाइ २ किमि ९० मिटर रहने छ।

८० करोड लगानीमा केबुलकार र करिब डेढ अर्बको लगानीमा नुवाकोटगढीमा रिसोर्ट सञ्चालन गर्ने सिद्धार्थ केबुलकारका सञ्चालक माधव नेपालले जानकारी दिए।

केबुलकार चढेर पुगिने स्थान नुवाकोटमा एतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका काल भैरव मन्दिर, भ्यू टावर काठेगढी, उजिरसिंह पार्क, सेनकालीन इनार (रानी इनार) भग्नावशेष सेनकालीन दरबार, नुवाकोटगढी रहेका छन्।


कस्तो लाग्यो ?

यो पनि