जेठ ०३, २०८१, बिहीबार
               

प्रधानमन्त्रीलाई आन्दोलनमा आउन चेतावनी

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सी छाडेर आन्दोलनमा आउन आह्वान गरेका छन् । 

सप्तरीको राजविराजमा पत्रकार सम्मेलनका क्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतलाई धम्क्याउनु आपत्तिजनक भएको बताउँदै प्रधानमन्त्रीलाई सो आह्वान गरेका हुन् ।

‘प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला भए आन्दोलन गर्छु भनेर प्रधानमन्त्री भनिरहेका छन् । यसरी अदालतलाई धम्क्याउनु आपत्तिजनक छ,’ पौडेलले भने, ‘म सप्तरीको राजविराजबाट प्रधानमन्त्रीलाई आह्वान गर्छु प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा आउनुस्, हेरौँ कस्तो आन्दोलन गर्नुहुन्छ ?’

नेता पौडेलले ००७ सालदेखि हालसम्मको आन्दोलनमा मधेसका नेताको ठूलो योगदान रहेको बताउँदै ऐतिहासिक ठाउँ भ्रमणका लागि आफू मधेस यात्रामा निस्केको जानकारी दिए ।

पुस ५ मा संसद् विघटनसँगै देश सोको पक्ष र विपक्षमा ध्रुवीकरण भएको छ । प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन भएसँगै सत्तारुढ दल नै दुई धारमा विभाजित छ । जसमध्ये एकको नेतृत्व प्रधानमन्त्री ओली स्वयंले गरेका छन् भने अर्को धारको नेतृत्व दाहाल-नेपालले संयुक्त रुपमा गर्दै आएका छन् । दाहाल नेपाल समूह संसद् पुनर्स्थापनाको पक्षममा आन्दोलनरत छ भने ओली समूह जसरी पनि चुनाव गरान लागी परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि