जेठ ०४, २०८१, शुक्रबार
               

१०१ किलोको माला लगाएर स्वागत गरियो, नवनियुक्त प्रदेश प्रमुख झालाई

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त प्रदेश २ का प्रदेश प्रमुख राजेश झालाई १०१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

शनिबार नियुक्ति भएका प्रद्श प्रमुख आइतबार पदभारका लागि राजधानी जनकपुरधाम पुगेका उनलाई ओली समूह  नेकपाका नेता तथा कर्यकर्ताले विमानस्थलमा १०१ किलोको माला लगाइदिएर स्वागत गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झा शुक्रबार प्रदेश प्रमुखको रुपमा नियुक्त भएका थिए ।

पदभार ग्रहण गर्दै झाले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेशभित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने बताएका छन् ।

‘जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्छ । प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ,’ पदभारका क्रममा उनले भने । 

उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोेकेको प्रदेशमा काम गर्ने सौभाग्य पाएको बताउँदै विविधतालाई अवसरको रुपमा लिने, अनुशासन, इमान्दारिता र माटोप्रति प्रेम कायम राख्दै प्रदेश २ लाई सकारात्मक रुपमा उदाहरणीय बनाउन कार्यमा बल पुर्‍याउनेमा जोड दिएका छन् ।

यो पनि