बैशाख २१, २०८१, शुक्रबार
               

उपचारका लागि दिल्ली आउनुपर्दा लज्जित छु: भट्टराई

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले उपचारका लागि भारत जानुपर्दा आफूलज्जित भएको बताएका छन् । 

आइतबार आफ्नो पेटको उपचारका लागि दिल्ली पुगेका भट्टराईले सामाजिक सञ्जालमार्फत् सो बताएका हुन् । 

डा. बाबुराम भट्टराईले भनेका छन्,  ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरूलाई धन्यावाद’ डा.भट्टाराइले ट्टविरमा लेखेका छन्, ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित/दुःखित छु। २१औँ शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु सामान्य नागरिकको के होला?’

पेटमा लामो समयदेखि समस्या देखिएका उनी लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण र उपचार गराउँदै आएका थिए । चिकित्सकले न्युरो (इन्डोक्राइनको ट्युमर)को आशंकामा दिल्ली जान सिफारिस गरेअनुसार उनी नयाँ दिल्ली गएको समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा भट्टराईका प्रेस सल्लाहकारले जनाएका छन् ।

सल्लाहकार भट्टराईका अनुसार उनको उपचार दिल्लीमा इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा हुनेछ । उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र  प्रेस सल्लाहकार विश्वदीप पाण्डे पनि दिल्ली गएका छन् । भट्टराई उपचारका क्रममा दिल्ली दिल्लीस्थित नेपालको दूतावासमा बस्ने जनाइएकाे छ ।

शनिबार मात्रै पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीबाट उपचार गरेर स्वदेश फिर्ता भएका छन् । खनाल स्वदेश फर्किएकै भोलिपल्ट भट्टराई दिल्ली प्रस्थान गरेका हुन् । खनालभन्दा पहिले पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष दाहाल भारतबाटै फर्केका थिए । उनी श्रीमतीको उपचारका लागि भन्दै भारत गएका थिए ।

यो पनि