बैशाख २३, २०८१, आइतबार
               

सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भयो : मन्त्री भट्ट

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन्। 

आइतबार प्रेस संगठन नेपालले अत्तरियामा गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टले प्रधानमन्त्री ओली सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउने जानकारी दिँदै सो बताएका हुन् । 

सो क्रममा उनले सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयनका लागि देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको समते बताए । भन्त्री मट्टले भने, ‘नौ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुनेछ।’

कैलालीको हरैयामा साढे तीन सय बिघा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अघि बढिरहेको बताउँदै मन्त्री भट्टले खानीहरूको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य सुरु गर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि