जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं आइपुग्यो नेपालले किनेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

कोभिड–१९ विरुद्धको १० लाख डोज  ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट एयर इन्डियामार्फत १० लाख डोज खोप काठमाडौं आइपुगेको हो  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति गरेको थियो । सो मध्ये आइतबार १० लाख डोज खोप आएको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।


कस्तो लाग्यो ?

यो पनि