बैशाख २८, २०८१, शुक्रबार
               

पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि आज भारत जाँदै

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदैछन् । उनी नेपाल वायुसेवा जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस'मा जान लागेका हुन् । पेटमा समस्या देखिएपछि यसअघि काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए ।

उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुने जनाइएको छ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहने छन् ।


कस्तो लाग्यो ?

यो पनि