जेठ ०५, २०८१, शनिबार
               

ऐन कानुन र संविधान सत्ता स्वार्थका लागि हतियार मात्र भए : अध्यक्ष लोहनी

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक समस्या समाधान भएसँगै आर्थिक समृद्धिको युग सुरु हुन्छ भन्ने मान्ता गलत साबित भएको बताएका छन् ।

शनिबार राप्रपा कपिलवस्तुले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लोहनीले सो बताएका हुन् । 

देशको राजनीति अस्थिर र अन्योलपूर्ण भएको भनी चिन्ता व्यक्त गर्दै उनले नारामा जनताको हितको नारा लगाइए पनि सत्ताधारी पार्टीको भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको बताए । 

‘भनाइमा राष्ट्रियताको कुरा छ, तर गराइ लम्पसारवादउन्मुख छ । भनाइ भ्रष्टाचार विरोधी छ, व्यवहार भ्रष्टाचारलाई संरक्षण गर्नेछ । नारा निष्पक्ष प्रशासनको छ, गराइ हरेक तहमा पार्टीगत भागवण्डा हावी छ,’ अध्यक्ष लोहनीले भने, ‘संविधान संरक्षणको आदर्श छाँटिन्छ, तर ऐन कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भएका छन् । नारा प्रजातन्त्रको छ, व्यवहार अधिनायकवाद र सर्वसत्तावादउन्मुख छ ।’

राजनीति मुद्दा समाधान भयो, अब आर्थिक समृद्धिको युग आरम्भ हुन्छ भनेर तीन वर्षअगाडि भनिएको बताउँदै लोहोनीले भने, ‘तर, वर्तमान अवस्था त्यसको ठिकविपरीत छ।’

राप्रपाले बोकेको लोकप्रिय एजेण्डा, संविधानभित्रको राजसंस्था र सर्वधर्म समभावसहित नेपाली पहिचान कायम राख्ने हिन्दूराष्ट्रको साथर्कता पहिलेभन्दा जरुरी भएको उनले बताए । 

संविधानमा कतै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमूलक संस्था विघटन गरी राजनीतिक रुपमा बन्धक मुलुक सर्वोच्चको फैसलापश्चात् मुक्त हुने उनले बताए ।

यो पनि