बैशाख २३, २०८१, आइतबार
               

देश खारेज हुन सक्ने केसीको चेतावनी

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संघीयता खारेज नगरे देश नै खारेज हुन सक्ने चेतावनी दिएका छन् । 

शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा शनिबार केसीले नेताहरु सत्ता र शक्तिका लागि केही दलका नेताहरु भारतको इसारामा चलेको बताउँदै सो चेतावनी दिएका हुन् । उनले नेकपामा विवाद उत्पन्न भएसँगै नेपालमा भारतीय चलखेल बढेको दाबी पनि गरेका छन् । 

प्रतिनिधिसभा पुर्स्थापना नभए देशमा ठूलो संकट आउन सक्ने बताउँदै नेता केसीले २०४७ सालको संविधानले प्रनिनिधिसभा विघटन गर्न प्रधानमन्त्रीलाई अधिकार दिए पनि हालको संविधानले प्रधानमन्त्रीलाई त्यस्तो अधिकार नदिएको बताए । 

‘सरकारलाई काम गर्न दिएनन् भन्ने नाममा प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले दिएको छैन,’ केसीले भने,  ‘अर्को कुन शक्तिले त्यो अधिकार प्रधानमन्त्रीलाई दियो?’

संबोधनका क्रममा केसीले नेपाललाई संघीयता घाँडो भएको बताउँदै प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई अधिकार सम्पन्न गराउनुपर्ने बताए । देशले संघीयता थेग्न नसक्ने उनको भनाइ छ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी संघीयताको प्रखर विरोधी नेता हुन्।

यो पनि