बैशाख २१, २०८१, शुक्रबार
               

धनुषामा ईश्वर पोखरेल भने: तोकिएको मितिमा चुनाव हुन्छ

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जुनसुकै हालतमा आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने बताएका छन् । 

जनकपुर धाममा धनुषा चेम्बर अफ कमर्सको दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभा कार्यक्रममा बोल्दै पोखरेलले सो बताएका हुन् । 

‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्नेछन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन्, पोखरेलले भने, ‘त्यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्दछ । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपर्छ ।’ सो क्रममा उनले निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने बताए ।

प्रचण्ड–माधव समूहतर्फ इङ्गित गर्दै उपप्रधानमन्त्री पोखरेलले आफ्नै पार्टीभित्रका केही तत्त्वले सरकारलाई काम गर्न नदिएकाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने घोषणा गरेको पनि उनले सो क्रममा बताए । 

‘प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई धक्का मारेर म्युजिकल चेयरजस्तै बस्न खोजेपछि संसद विघटन गरिएको उनको भनाइ थियो । उनले भने, ‘हामी युवा पुस्तालाई नेतृत्व दिन चाहन्छौँ, तर उनीहरू कुर्सीमै प्राण त्याग्न चाहन्छन् ।’


कस्तो लाग्यो ?

यो पनि