जेठ ०२, २०८१, बुधबार
               

अदालतको फैसला १५ गतेभित्र हुन्छ : नेता नेम्वाङ

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित आमसभालाई संबोधन गर्ने क्रममा नेता नेम्वाङले सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको बताउँदै सो बताएका हुन् ।  ‘निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ,’ सम्बोधनका क्रममा नेता नेम्वाङले भने ।

सर्वोच्चले गर्ने फैसलाबारे आफू केही नबोल्ने बताउँदै नेता नेम्वाङले घुमाउरो भाषामा संसद पुनर्स्थापना नहुने संकेत गरे  । 

झण्डै दुईतिहाइ बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद भंग गरेको बताउँदै नेम्वाङले देशव्यापी रुपमा जनताले निर्वाचनलाई अनुमोदन गरिसकेको दाबी गरे ।

यो पनि