जेठ ०५, २०८१, शनिबार
               

पूर्वराष्ट्रपति रामवरण यादवको प्रश्न : लोकतन्त्र र समाजवादी बनेको पार्टीको अवस्था के छ ?

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

धनुषा । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको उल्लेख गरेका छन् । शुक्रवार जनकपुरधाममा डा. शोभाकर पराजुलीको दुई कृति ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसङ्ग्रह’को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले सो धारणा व्यक्त गरेका हुन् । 

उनले भने, ‘अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ भने अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन ।’ उनले प्रश्न गरे, ‘सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ ? ठीक छ ?’

पूर्व राष्ट्रपति यादवले भोलि संसद् पुनःस्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानलाई सोधुँला, त्यो म भन्न सक्दिन भन्दै लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको हुँदा लोकतन्त्र रक्षाको लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।

पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीले प्राप्त उपलब्धिलाई वेवास्ता गरी चुनावको मिति तोक्नेतर्फ लागेको आरोप लगाए ।  

यो पनि