जेठ ०५, २०८१, शनिबार
               

ओली नेतृत्व नेकपाबाहेक अरुले सूर्य चिन्ह दाबी गर्न मिल्दैन: मन्त्री रायमाझी

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दलबाहेक अरुले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन् ।

शुक्रबार ओली समूहले पाँचथरको फिदिममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रायमाझीले सो बताएका हुन् । सो क्रममा उनले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेको बताउँदै सूर्य चिन्ह दाहाल नेतृत्वले पाउन नसक्ने बताए ।

सहमतिबाट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने भएपछि चोरबाटोबाट एकता भाड्न खोजेको मन्त्री रायमाझीले बताए ।

यो पनि