जेठ ०५, २०८१, शनिबार
               

नवनियुक्त प्रदेश प्रमुख झाले लिए शपथ

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख झालाई पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन् ।

शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ प्रमुख तिलक परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा झालाई नियुक्त गरेकी हुन् ।

पूर्वमाओवादी नेता रहेका परियारलाई पनि यसै सरकारले अघिल्लो बर्ष नियुक्त गरेको हो । त्यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले परियारको नाम सिफारिस गरेका थिए । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा अहिले विभाजित छ ।

अहिले फरक फरक पार्टीको अभ्यास गरिरहेका ओली र प्रचण्ड–नेपाल पक्ष एकअर्काप्रति आक्रामक छन् । यति नै बेला सरकारले परियारलाई हटाएको हो ।
प्रचण्ड–नेपाल पक्षले सडक संघर्ष चर्काइरहेका बेला प्रचण्डनिकट परियारलाई हटाएर ओलीले आन्दोलनरत् पक्षविरुद्ध थप कडारुपमा प्रस्तुत हुने सन्देश दिन खोजेका छन् । यसलाई प्रचण्ड–नेपाल पक्षले राजनीतिक प्रतिशोध साँधेको रुपमा लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि