काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रजातान्त्रिक पद्धतिमाथि प्रश्नचिन्ह खडा भएको बताउँदै प्रजातन्त्र जोगाउन नेपाली धरोहर तथा संरचना जगेर्ना गर्नुपर्ने बताएका छन् ।
७१ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै जबराले सो बताएका हुन् । ‘स्वेच्छाचारिता र प्रतिगमनबीच प्रजातन्त्र र पद्धतिजन्य प्रश्न उठेको समय, राष्ट्रिय धरोहर र नेपाली हुनुको मूल्यमान्यता सम्वर्द्धन गर्नुको विकल्प छैन,’ जबराले भने ।
राप्रपाको केन्द्रीय नीतिबमोजिम ७७ जिल्लामा प्रजातन्त्र दिवस मनाउने क्रम जारी छ । राजा र जनता मिलेर प्रजातन्त्र स्थापना गरेको दिनलाई राप्रपाले राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णयबमोजिम राप्रपाले सबै जिल्लामा प्रजातन्त्र दिवस मनाएको हो ।