बैशाख १७, २०८१, सोमबार
               

प्रजातन्त्र दिवसको अवसरमा पाँच सय ८० को कैद सजाय मिनाहा हुँदै

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले पाँच सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने भएको छ । 
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ७१ औँ प्रजातन्त्र दिवसको अवसर पारेर उल्लेखितहरुलाई सजाय मिनाह र आममाफी दिने निर्णय गरेको हो । 

बैठकको निर्णयअनुसार अपराधमा दोषी ठहर भई कानुनी कारबाहीको दायरामा नआई फरार रहेका र केही कैदमै भएका १५ जनाले आममाफी पाउनेछन् भने पाँच सय ९५ को अपराध संहितालगायत कानुनअनुसार बाँकी सजाय मिनाहा हुनेछ ।

एक स्रोतका अनुसार गृहमन्त्रालयबाट सिफारिस भएका ४०मध्ये १५ जना छन् । त्यसैगरी, राष्ट्रपति कार्यालयबाट सिफारिस भएकाहरुको पनि लामै सूची छ । तर, राष्ट्रपतिबाट आएको सूचीबारे खुलाइएको छैन । 

मन्त्रिपरिषद् बैठकले बुधबार आममाफी र बाँकी सजाय मिनाहाको सिफारिस राष्ट्रपति कार्यालयमा पठाएको छ । शुक्रबार राष्ट्रपतिबाट आममाफी र बाँकी सजाय मिनाहा भएकाहरुको नाम सार्वजनिक गरिने बताइएको छ ।

यसअघि सरकारले गणतन्त्र दिवसको अवसरमा दुई सय ३३, संविधान दिवसको अवसरमा दुई सय ८९ जनाको सजाय मिनाहा गरिएको थियो ।

यो पनि