बैशाख २८, २०८१, शुक्रबार
               

देश जोगाउन पूर्वराजासहित सबैको भूमिका आवश्यक : डा. भट्टराई

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक गम्भीर अवस्थामा पुगेको भन्दै यो अवस्थाको अन्त्यका लागि पूर्वराजासमेतको भूमिका आवश्यक भएको जनाएका छन् ।

'द ब्राभो डेल्टा शो'का लागि टेलिभिजनकर्मी भूषण दाहाललाई अन्तर्वार्ता दिँदै मुलुकलाई जोगाउनका निम्ति उनले पूर्वराजाको समेत भूमिका आवश्यक ठानेका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले सबै नेताहरूलाई आग्रह गर्दै सबैलाई एकचोटी फेरि छातीमा हात राखेर सोच्न भनेका छन् । उनले मुलुक डरलाग्दो दिशामा जान लागेको भन्दै चिन्ता जनाएका छन् ।

उनले आफ्नो तर्कलाई स्थापित गर्ने क्रममा भनेका छन्- 'मुलुक द्वन्द्वको केन्द्र बन्ने खतरा छ । यसलाई बचाउनको लागि प्रयत्न गरौँ भन्ने सबैसँग मेरो विनम्र आग्रह छ ।'

उनले देश बचाउनकै लागि पूर्वराजा र कार्यकारी भूमिका एवं उच्च ओहदामा पुगेका सबैले ध्यान दिन जरुरी भएको उल्लेख गरेका छन् ।

डा. भट्टराईसँगको अन्तर्वार्ता आज बुधबार राति ९ बजे एपीवान एचडी टेलिभिजनमा प्रसारण हुने छ ।

 


कस्तो लाग्यो ?

यो पनि