काठमाडौं । प्रचण्ड-नेपाल नेकपाले भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
नेकपा प्रवक्तासमेत पूर्वपरराष्ट्रमन्त्री नारायणजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री शाहको नेपालमा आफ्नो पार्टीको सरकार बन्ने त्रिुपुराका मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
नेकपाले यस्ता अभिव्यक्तिले दुई देशको सम्बन्धमा नकारात्मक असर गर्ने भएकाले स्थिति स्पष्ट पार्न भारत सरकार र गृहमन्त्री शाहलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ।
यसअघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल भुटान डेस्कका सहसचिवलाई फोन गरी भारत सरकारको ध्यानाकर्षण गराएका थिए ।
शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
यो पनि