जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिनसक्ने मन्त्रिपरिषद् बैठकको निर्णय

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो ।

भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको चार डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । यसअघि सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान छ ।


कस्तो लाग्यो ?

यो पनि