जेठ ०५, २०८१, शनिबार
               

राष्ट्रपति शासन लागू हुने सम्भावना बढ्यो : गजुरेल

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले देशमा राष्ट्रपति शासन लागू हुने खतरा रहेको बताएका छन् । 

प्रधानमन्त्रीको कदमबाट राष्ट्रपति शासन र संकटकाल लागू गर्ने खतरा रहेको बताउँदै गजुरेलले घटनाक्रमले सोलाई पुष्टि गर्दै गएको टिप्पणी गरे । यसका अलावा उनले नेकपाले जनतामाथि कुठराघात गरेको बताए । 

ओलीको कदम प्रतिगमनकारी भएको बताउँदै उनले संविधानअनुसार संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको बताउ । प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरे पनि चुनाव नहुने उनको ठोकुवा छ । चुनाव गराउन चुनावको मिति नतोकिएको बताउँदै उनले चुनाव घोषणाको उद्देश्य सरकार लम्ब्याउनु रहेको बताए ।

‘निर्वाचन पनि एउटा तामासा मात्रै होला । सामधान दिँदैन । २०६२/०६३ मा जनसागर उर्लिएको थियो । अब यो स्थिति पैदा भएको छ, के ओलीको मात्रै असफलता हो ? यो त व्यवस्थाको पनि असफलता हो,’ नेता गजुरेलले भने ।

यो पनि