जेठ ०५, २०८१, शनिबार
               

नेपालले त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति गरायो भारतको ध्यानाकर्षण

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालले त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिको सम्बन्धमा भारतको ध्यानाकर्षण गराएको छ । 

नेपालले भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिका सम्बन्धमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल भुटान डेस्कका सहसचिवलाई फोन गरी भारत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

मुख्यमन्त्री देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

भारतका लागि नेपाली राजदूत आचार्यले देवको अभिव्यक्ति बारेमा भारतीय पक्षलाई प्रस्ट पारिदिन समेत आग्रह गरेको बुझिएको छ । 

दूतावसका अनुसार सो आग्रहको जवाफमा सहसचिव बाग्छीले त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै चाँडै नै यस विषयलाई प्रस्ट पारिने बताएको खुलेको छ । भारती विदेश मन्त्रालयले बिहिबारको पत्रकार सम्मेलनमा आफ्नो धारणा सार्वजनिक गर्ने सम्भावना रहेको बताइएको छ । 
भारतको विपक्षी पार्टी भारतीय राष्ट्रिय कांग्रेसले पनि देवको भनाइप्रति आपत्ति जनाउँदै यस किसिमका अभिव्यक्तिले छिमेकीहरुसँगको भारतको सम्बन्ध राम्रो खराब बन्न पुगेको बताएको छ । 

यसैगरी, देवको अभिव्यक्तिप्रति श्रीलंकाले पनि कूटनीतिक च्यानलमार्फत आपत्ति जनाएको स्रोतको दाबी छ ।

यो पनि