बैशाख २१, २०८१, शुक्रबार
               

केही समयभित्र संयुक्त आन्दोलन सुरु हुन्छ : प्रचण्ड

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

चितवन । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलगायत दलसँग छलफल भइरहेकाले अब ‘केही समय’भित्रै संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका छन् ।

आज (मंगलबार) बिहान चितवनमा पत्रकारहरूसँग प्रचण्डले कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलन गर्नेबारे छलफल भइरहेको जानकारी दिएका हुन् ।

प्रचण्डले भने, ‘हिजो मैले शेरबहादुर देउवासँग कुरा गरेँ, रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु । जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ । केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ का लागि चुनाव तोकेकी छन् ।

तर यो कदम असंवैधानिक ठहर गर्दै सत्तारुढ नेकपाकै प्रचण्ड–नेपाल पक्ष संसद् पुनःस्थापना हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको छ भने कांग्रेस र जनता समाजवादी पार्टी पनि प्रतिनिसभा विघटनविरुद्ध आन्दोलनरत छन् ।

अहिले एक्लाएक्लै आन्दोलन गरिरहेका आफूहरूबीच संयुक्त आन्दोलन गर्ने विषयमा कुरानकानी भइरहेको नेकपा अध्यक्ष प्रचण्डको भनाइ छ ।

गत माघ २८ गते आफ्नो पार्टीले गरेको आम हडतालका बेला पनि प्रचण्डले ललितपुरमा फागुनको पहिलो साता संयुक्त आन्दोलन सुरु हुने विश्वास व्यक्त गरेका थिए ।  

संविधान मिचेर घोषणा गरिएको चुनाव आफैंमा अवैधानिक हुने समेत प्रचण्डको दाबी छ ।

शान्तिपूर्ण राजनीतिमै रहने

प्रचण्डले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् ।

असंवैधानिक र अलोतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने उनले जिकीर गरे । उनले भने, ‘प्रचण्ड त्यसमा जाँदैन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।’

संविधान भत्काएर हुने चुनाव अलोतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ । चुनाव भए सहभागी हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले ठोस जवाफ दिएनन् । संसद पुनःस्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए ।

यो पनि