जेठ ०५, २०८१, शनिबार
               

निर्वाचनमा जानु प्रतिगमन हाेइन : प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

सोमबार सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नभएको बताएका छन्।

'वैशाख १७ र २७ गते चुनाव गराउँछु भनेर भनिरहेको छु, निर्वाचन आयोग त्यसको तयारीमा लागिरहेको छ । कुनै हालतमा गराउँदैन भनेर उहाँहरू राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ?,' उनले भने, 'जन्मकुण्डली पल्टाउनु हुन्छ कि राजनीति गर्नुहुन्छ? कस्तो भविष्यवाणी हो उहाँहरूको चुनाव हुदैन भन्ने । हामी कोही उल्टो बाटो फर्किएका छैनौं।'

ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि नेकपाको प्रचण्ड-माधव पक्षलगायत अन्य दलहरूले यसलाई असंवैधानिक र प्रतिगमन भन्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि