जेठ ०५, २०८१, शनिबार
               

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका जारी गर्दै : विश्वप्रकाश शर्मा

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

 

नेपाली काँग्रेसले  ‘सामाजिक संजाल व्यवस्थापन’ का नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने प्रयास भएको बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने काम गरिरहेको भन्दै युवा पुस्तालाई सजग हुन आग्रह गरेका हुन् । 

सोमबार पार्टीका तर्फबाट  विज्ञप्ति जारी गरी विरोधका बाबजुद पनि सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेको भन्दै उनले आपत्ति जनाएका हुन् ।   

‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर, त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छँदैछन् । थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नु तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुंदैन, मिल्दैन र पाइँदैन ।’

प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्ने विज्ञप्तिमा जनाएको छ ।  सरकारी आवेगले कार्वाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्को भएको बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि