बैशाख १८, २०८१, मंगलबार
               

यसकारण सम्भव छैन संयुक्त आन्दोलन : राजेन्द्र महतो
'चुनावका लागि २४ घण्टा तयार'

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान संशोधन र रेशम चौधरीको रिहाईको विषयमा संयुक्त एजेण्डा नबनेसम्म जनआन्दोलन नहुने बताएका छन् ।

नवलपरासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, संयुक्त आन्दोलनका लागि संयुक्त एजेण्डा पनि हुनु पर्यो । संयुक्त एजेण्डा नभएसम्म संयुक्त (जनआन्दोलन) आन्दोलन सम्भव छैन ।’

उनले आफूहरु संविधान संशोधन र रेशम चौधरीको रिहाईका लागि एक्लै आन्दोलन गर्दा काँग्रेस र कम्युनिस्टले साथ नदिएको जिकिर गर्दै अहिले किन उनीहरुलाई साथ दिने भन्दै प्रश्न गरे । काँग्रेस र कम्युनिस्टहरु संविधान संशोधनका लागि तयार छन् कि छैनन् भन्ने कुरा स्पष्ट हुनुपर्ने उनको जोड थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लादेको प्रतिगमनको विरुद्धमा सबै दलले आ–आफ्नो तरिकाले आन्दोलन गरिरहेको तर प्रतिगमनलाई परास्त गर्न संयुक्त आन्दोलन नै हुनुपर्ने कुरामा उनले जोड दिए ।

काँग्रेस तयार नभएसम्म संयुक्त आन्दोलन हुन नसक्ने उनले बताए । विगतमा पनि जनआन्दोलन हुँदा सबै दलहरु एक ठाउँमा आएको स्मरण गर्दै यो आन्दोलनमा पनि दलहरु एक ठाउँमा आउनुको विकल्प नरहेको उनको भनाइ छ ।

संसद पुर्नस्थापना वा निर्वाचन कुनै पनि भएन भने देशमा प्रलय आउने बताउँदै उनले आफूहरु चुनावका लागि २४ घण्टा तयार रहेको बताए । तर चुनाव हुनुअघि प्रधानमन्त्री ओलीको प्रतिगमन सच्चिनुपर्ने उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि