बैशाख २८, २०८१, शुक्रबार
               

क्रान्ति गरेबापत कोही हेग गएको छ : बाबुराम भट्टराई

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्ति गरेबापत कोही हेग गएको छ भनी प्रश्न गरेका छन् शनिबार आफ्नै  ‘गुमनाम आमाहरुको कथा’ कृतिको विमोचनका क्रममा जनयुद्धको प्रसंग निकाल्दै डा. भट्टराईले सो बताएका हुन् । यसका अलावा भट्टराईले  टिआरसी र बेपत्ता आयोगलाई ब्ल्याक मेलिङ गर्ने साधन बनाएको पनि बताए । 

‘सहिद र बेपत्ता परिवारजनको कुरा छ। टिआरसी, बेपत्ता आयोगजस्ता विषय छन्। यसलाई कसैले कसैलाई ब्ल्याकमेलिङ गर्ने साधनको रुपमा व्याख्या गर्नु हुँदैन। बढो दुःख लाग्छ मलाई यत्तिबेला पनि मान्छेले बढा हल्का ढंगले तर्साउँदैछन्,’ बाबुरामले भने, ‘आयोग गठन भयो तपाईंहरु पर्नुहुन्छ भन्छन्। किन परिन्छ ? कहाँबाट परिन्छ हामी ? को हेगमा जान्छ ? कसरी हेगमा जान्छौँ हामी ? त्यो त महान् क्रान्ति थियो। क्रान्ति  गरेबापत कोही हेगमा गएको छ ?’

यसका अलावा भट्टराईले सो विषयलाई बार्गेनिङको रुपमा प्रयोग गर्नु नहुने बताए । टिआरसी र बेपत्ता आयोग शान्ति सम्झौताका अभिन्न अंग भएको बताउँदै उनले यसलाई छिटोभन्दा छिटो पूरा गर्नुपर्नेमा जोड दिए। उनको कृति विमोचन कार्यक्रमा सहभागी भएका नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष प्रचण्ड पनि सहभागी थिए । प्रचण्डले विमोचनका क्रममा आफ्ना धारणा राख्ने क्रममा आफू र बाबुराम फरक बस्नै नसक्ने बताएका थिए ।

दाहाल र भट्टराई दुवै जनयुद्धका सहयात्री हुन् । दुवैले नेपालमा नेकपा माओवादीको नामबाट दश वर्ष सशस्त्र युद्ध सञ्चालन गरेका थिए । तर, यतिखेर उनीहरुले सशस्त्र जनयुद्ध लडेको माओवादी मूल पार्टी अस्तित्वमा छैन ।

र, प्रचण्ड र भट्टराई पनि एउटै पार्टीमा छैनन् ।उनीहरु फरक-फरक पार्टी र सिद्धान्तका साथ अघि बढिरहेका थिए । तर, प्रतिनिधिसभा विघटनसँगै दाहाल र भट्टराईका एजेन्डा एउटै बन्न पुगेको छ । यसअघि एउटै कार्यक्रममा नदेखिने दुवै नेता पछिल्लो समय एउटै कार्यक्रमबाट एकअर्काको प्रसंसा गर्ने भएका छन् । 

यो पनि