जेठ ०५, २०८१, शनिबार
               

नयाँ पुस्तालाई अघि सार्न प्रचण्डलाई बाबुरामको सुझाव

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री एव जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्कली मुखौटो भएको आरोप लगाएका छन् । 

आफूद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’नामक पुस्तकको लोकार्पणमा आफ्नो धारणा राख्दै भट्टराईले केपी शर्मा ओलीले नक्कली राष्ट्रवादको मुखौटो लगाएर सत्तामा पुगेको बताएका हुन् ।   

‘माओवादी जनयुद्धले धेरै उपलब्धि गरेको छ, संविधान लेख्नका लागि त्यसले महत्वपूर्ण भूमिका खेलेको छ। तर, ओली त्यसलाई मान्न तयार छैनन्,’ सो क्रममा नेता भट्टराईले भने, ‘जनयुद्ध दिवसलाई साझा दिवसको रूपमा मनाउने वातावरण बनाइयोस् ।’ सो क्रमा उनले शहीद र बेपत्ता परिवारको विषय टुंग्याउनुपर्ने धारणा बताए । 

‘प्रधानमन्त्री ओलीको कदम प्रतिगमन मात्रै नभएर प्रतिक्रान्तितर्फ गएको छ। अन्तर्राष्ट्रिय सेटिङका आधारमा अहिले ओलीले कदम चालेको छन्,’ भट्टराईले भने, ‘लामो समयसम्म लडेर ल्याएका कारण प्राप्त उपलब्धि बचाउनतर्फ लाग्नुपर्छ।’ त्यस्तै, सो क्रममा उनले ओलीको कदमविरुद्ध सबैलाई एकजुट हुन पनि आग्रह गरे । 

पुस्तक लोकार्पणका क्रममा आफ्ना धारणा राख्ने क्रममा भट्टराईले प्रचण्डलाई पदको लोभ नगरी नयाँ पुस्तालाई अगाडि सार्न सुझाव दिए ।

यो पनि