जेठ ०४, २०८१, शुक्रबार
               

पन्त र भट्टका हत्यारालाई कठघरामा उभ्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपाल फ्ल्यास
फागुन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला र भागिरथीका हत्यारालाई अदालतको कठ्घरामा उभ्याउने बताएका छन् । 

शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । प्रधानमन्त्री ओलीले सो क्रममा हत्यारालाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले नछोड्ने बताएका हुन् । 

‘निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गए पनि छोडिँदैन । उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ,’ प्रधानमन्त्री ओलीले भने । 

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

त्यसैगरी,  बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव बलात्कारपछि प्रहरीले फेला पारेको छ । विद्यालयबाट साँझ घर फर्कने क्रममा सो घटना घटेको थियो । 


कस्तो लाग्यो ?

यो पनि