जेठ ०५, २०८१, शनिबार
               

गद्धारीका कारण जनयुद्ध इतिहास बन्यो : मोहन वैद्य

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहनविक्रम वैद्यले नवसंशोधनवादी विचलन र गद्धारीका कारण जनयुद्ध इतिहास बनेको बताएका छन् ।२६ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै  वैद्यले सो बताएका हुन् ।

विज्ञप्तिमार्फत् वैद्यले झापा आन्दोलन र जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरु सत्ता र सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेको आरोप लगाएका छन् । 

‘यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल मात्र नभएर नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, क्रान्तिको प्रक्रिया रोकिँदैन ।’

मोहन वैद्य विसं २०५२ बाट सुरु भएको जनयुद्धका मुख्य नेता हुन् । जनयुद्धको बलमा नेपालमा गणतन्त्र आएपछि नेपालमा पटकपटक कम्युनिस्ट सत्तामा पुगेको छ । 

तर, उनी यस्ता नेता हुन् आफैँले नेतृत्व हस्तान्तरण गरेका नेता पटक-पटक प्रधानमन्त्री भइसकेका छन् । र केहीलाई आफूले प्रधानमन्त्री बनाएको र अब पनि प्रधानमन्त्री बनाइदिने घोषणा गर्दै हिँड्छन् । तर, वैद्य अहिलेसम्म खोलाको बगरको ढुगाजस्तै किनारमै सीमित छन् । बिहीबार मात्रै उनको पार्टी र अन्य साना तीन कम्युनिस्ट पार्टीबीच आन्दोलनका लागि मोर्चाबन्दी भएको छ ।

यो पनि