बैशाख १७, २०८१, सोमबार
               

संसद् पुनर्स्थापना संविधानअनुसार नभए आन्दोलनमार्फत् हुन्छ: नेता गुरुङ

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य देव गुरुङले सर्वोच्चबाट विघटन बदर नभए अहिलेको आन्दोलन जनविद्रोहमा परिणत हुनसक्ने बताएका छन् । 

पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् नेकपाको फरक धारका रुपमा स्थापित भएको नेकपा दाहाल-नेपाल समूहका नेता गुरुङले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा सो बताएका हुन् । 

‘सर्वोच्च अदालतले विघटनलाई बदर गरेमा स्वतः सुचारु हुने र नभए आन्दोलनको बलमा संसद् पुनर्स्थापना हुन्छ । प्रधानमन्त्री र राष्ट्रपतिले निर्णय गर्दैमा प्रतिनिधिसभा विघटन हुन सक्दैन,’ गुरुङले भने, ‘यो कदमको विरोधमा सबैजसो दल, नागरिक, समाज र मिडिया उभिएका छन् । त्यसैले सर्वोच्चले संविधानअनुसार पुनर्स्थापना गर्छ भन्ने विश्वास छ, नभए आन्दोलनले गर्छ ।’

२०५९ सालमा राजा ज्ञानेन्द्रले विघटन गरेको संसद आन्दोलनको बल र राजनीतिक सहमतिमा २०६३ मा सञ्चालन भएजस्तै अहिले पनि संसद् सुचारु गर्न सकिने नेता गुरुङको भनाइ छ ।सो क्रममा प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधानविपरीत बताउँदै उनले चुनाव नहुने पनि ठोकुवा गरे ।


कस्तो लाग्यो ?

यो पनि