जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओली र थाइल्याण्ड राजदूतबीच भेटवार्ता

नेपाल फ्ल्यास
माघ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटमा दुई मुलुकबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउनेलगायत विषयमा कुराकानी भएको बताइएको छ । 

भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्ममार्फत् दुई मुलुकबीच जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाइ दुवैतर्फको  बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनमा बढावा दिइनुपर्ने प्रस्ताव राखेका थिए । 

सोको जवाफमा राजदूतले भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सीधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने जवाफ फर्काएकाथिए । नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ६२ वर्ष पुगेको छ ।

यो पनि