जेठ ०५, २०८१, शनिबार
               

सामूहिक संघर्ष गर्ने चार साना कम्युनिस्ट पार्टीको घोषणा

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । यसअघि मूल धारभन्दा बाहिर रहेका साना चार कम्युनिस्ट पार्टी मोर्चाबन्दी भएका छन् ।चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच बिहीबार मोर्चाबन्दी भएका हुन् । 

बिहीबार उनीहरुले सामूहिक बैठकमार्फत् सामूहिक संघर्षका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

चार पार्टीबीचको संयुक्त माेर्चाको उद्देश्य 'दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न' रहेको मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ ।

रणनीतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रुप दिन उनीहरुले रणनीतिक संयुक्त मोर्चाको अवधारणा र संरचनासम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन् ।

यो पनि