बैशाख १७, २०८१, सोमबार
               

निर्वाचन सामग्री खरिदका लागि टेन्डर खुलाउँदै आयोग

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडाैं । निर्वाचन आयोगले चुनाव गराउन आवश्यक पर्ने सामग्री खरिदका लागि टेण्डरको तयारी गरेको छ ।

छिट्टै टेण्डर आह्वान गर्ने तयारी भइरहेको आयोगका सहप्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए । प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामग्री खरिदका लागि टेन्डर आह्वान गर्न लागिएको उनको भनाइ छ । 

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तीव्रता दिएको हो । यस्तै आयोगले चुनावको आचारसंहिता तयार गरिसकेको छ भने सबै राजनीतिक दलसँग छलफल गरेर चुनाव प्रयोजनका लागि दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी गर्दैछ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा पनि आयोगका पदाधिकारीले तोकिएकै समयमा चुनाव गराउने प्रतिबद्धता जनाएका थिए । 

प्रतिनिधिसभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ । पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारको तयारी रहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि