जेठ ०२, २०८१, बुधबार
               

छिट्टै निर्वाचन कार्यतालिका प्रकाशित हुन्छ : प्रवक्ता गुरुङ

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले निर्वाचन आयोगले छिट्टै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएका छन् । 

सोमबार मन्त्रिपरिषद्का  निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता गुरुङले सो बताएका हुन् । ‘वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि कुनै कानुनी अवरोध छैन,’ उनले भने, आयोगले छिट्टै कार्यतालिका प्रकाशित गर्छ ।’

प्रधानमन्त्रीआफैँ निर्वाचन आयोग पुगेर चुनावको निम्ति सरकारको तर्फबाट सबै तयारी पूरा भएको बताउँदै उनले आयोगलाई कानुनी रुपमा कार्यतालिका प्रकाशित गर्न अवरोध नभएको बताए । ‘अदालतले चुनाव रोक्न अन्तरिम आदेश नदिएको बताउँदै उनले चुनावको व्यवस्थापनका लागि सरकारले स्रोत उपलब्ध गराउने बताए । प्रवक्ता गुरुङले भने, ‘आयोगले पनि छिटो भन्दा छिटो निर्वाचनको कार्यतालिका प्रकाशित गर्नेछौं, निर्वाचन कार्यतालिका प्रकाशित गर्न कुनै कानुनले अवरोध गरेको छैन, सबै कानुन ट्रयाकमा छन् । कुनै हालतमा निर्वाचन रोकिने छैन भनेर आयोगले विश्वस्त बनाएको छ ।’

सुरक्षा परिषद्बाट पारित प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले दुइचरणमा निर्वाचनका लागि जिल्ला तोकेको उनले बताए । सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका ४० तथा तथा दोस्रो चरणमा प्रदेश १, वागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा वैशाख २८ गते गर्ने निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

‘चुनाव हुन्छ कि हुन्न भन्ने भ्रम अन्त्यका प्रधामनन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा जानुभएको हो,’ सो क्रममा प्रवक्ता गुरुङले भने । 

यो पनि