जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री निर्वाचन आयोगबाट सीधै शीतल निवासतर्फ

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटका लागि शीतलनिवास गएका छन् ।

मंगलबार निर्वाचन आयोग पुगे‍का प्रधानमन्त्री ओली आयोगको परामर्शपश्चात् सीधै शीतल निवासतर्फ गएका हुन् ।

मंगलबार निर्वाचन आयोग पुगेका उनले निर्वाचन एक मिनेट पनि नरोक्न आग्रह गरेका थिए । सोमबारमात्रै मन्त्रिपरिषद्ले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचनका लागि निरन्तर अगाडि बढाउन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ आयोग गएका थिए । 

आयोग पुगेका प्रधानमन्त्री र आयोगबीच के कुराकानी भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीका प्रेस सल्लाकारले प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच पार्टीको आधिकारिकताको विषयमा छलफल भएको जानकारी दिए । 

नेकपाभित्र चुनाव चिन्ह र पार्टीको आधिकारिकताबारे विवाद रहिरहँदा प्रधानमन्त्री पुगेर त्यसमा नअल्झिन आग्रह गरेको एक स्रोतले जानकारी दिएको छ । भेटमा सहभागी ओली समूहका नेता सुवास नेम्वाङले पनि निर्वाचनको तयारीबारे बुझ्न जाँदा पार्टी वैधानिकताबारे थोरै कुराकानी भएको बताए ।

निर्वाचन आयोगको एक स्रोतले प्रधानमन्त्रीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले ६४ प्रतिशत बहुमत भएको अवस्थामा आफूले संसद् भंग गर्ने निर्णय गरेकाले निर्वाचन हुनेमा ढुक्क भएर अघि बढ्न आग्रह गरेका थिए । निर्वाचन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ रहेको आयोग स्रोतले जनाएको छ । 

यो पनि