जेठ ०२, २०८१, बुधबार
               

पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने सरकारको निर्णय

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको छ ।आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्लाको टुंगो लगाएको हाे । मन्त्रिपरिषद‍्ले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। 

त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए । 

त्यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकाे हुँदा उक्त मुद्दामा सुनावाइ जारी रहेकाे हुँदा निर्वाचभन आयोगले कुनै निर्णय लिन सकेकाे छनै  ।


कस्तो लाग्यो ?

यो पनि