काठमाडौं । शहीद बेपत्ता योद्धा परिवार आन्दोलनमा उत्रिएका छन् ।
बेपत्ताको स्थिति सार्वजनिक गर्नुपर्ने, शहीदको अपमान बन्द गरिनुपर्ने मागसहित उनीहरु सोमबार आन्दोलनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको बताउँदै उनीहरुले तत्काल संसद् पुनः स्थापना गर्न माग गरेका छन् ।
काठमाडौंको बबरमहलबाट नयाँबानेश्वर पुगेर र्याली कोणसभामा परिणत भएको थियो । कार्यक्रम पूर्वमन्त्री शक्ति बस्नेत, सत्य पहाडीको उपस्थिति थियो ।