बैशाख २३, २०८१, आइतबार
               

‘संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको  छ’

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । अधिवक्ता अनन्त लुइँटेलले संविधानले प्रधानमन्त्रीलाई जंगबहादुर बन्ने अधिकार दिएको  बताएका छन् ।  

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा प्रधानमन्त्री कार्यालयको तर्फबाट बहस गर्ने क्रममा अधिवक्ता लुईंटेलले सो बताएका हुन् । 

‘प्रधानमन्त्रीलाई जंगबहादुर बनाउन संविधानले विघटनको अधिकार दिएको हो । संविधानमा प्रधानमन्त्रीलाई विशेष अधिकार छ’, उनले इजलासमा भने, ‘ संविधानले प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने कल्पना गरेको छ । संविधानले २ देख ६ वर्ष संसदको अवधि हुन्छ भनेको छ । विघटनविद्धको रिट खारेज हुनुपर्छ ।’

पुस ५ मा संसद् विघटन भएसँगै सोको विरुद्ध परेका रिटको सुनुवाइ जारी छ । सुनुवाइ लामो भयो भनी छोट्याउनुपर्ने कुरा आइरहेका बेला यसअघि प्रधानन्याधीश जबराले सरकारी वकिलहरुलाई बसह छोट्याउन आग्रह गरेका छन् ।

इजलासमा पटक पटक प्रधानमन्त्रीसँग असीमित अधिकार भएको  जिकिर गर्दै रिट खारेजको माग गरेका छन् । सोमबार मात्रै प्रधानमन्त्रीको तर्फबाट अधिवक्ता ईश्वरी भट्टराई, सीपी रेग्मी, रवी शर्मा खनाल वरिष्ठ, टंक दुलाललगायतले पनि बहस गरेका छन् । 

यो पनि