बैशाख २३, २०८१, आइतबार
               

वर्ल्ड रेकर्डको प्रमाणपत्र लिएर स्वदेश फर्किए राज्यमन्त्री मानन्धर

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

लगातार चार घण्टासम्म गीत गाएर वर्ल्ड रेकर्ड कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कीर्तिमानीको प्रमाणपत्र लिएर स्वदेश फर्किएका छन् । भारतको नयाँदिल्लीमा आयोजित कार्यक्रममा प्रमाणपत्र लिन उनी केही दिनअघि गएका थिए ।

राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा आधिकारिकता राज्यमन्त्री रामदास आठवलेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र लिने कार्यक्रममा राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिककालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्री मानन्धरले गत पुस १० गते लगातार चार घण्टा पाँच मिनेट २० सेकेन्ड गीत प्रस्तुत गरेका थिए । प्रमाणपत्र लिन दिल्ली पुगेका मन्त्री मानन्धर र त्यहाँका विभिन्न क्षेत्रका प्रतिनिधिबीच अनौपचारिक छलफलसमेत भएको थियो । दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको थियो ।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीलगायतसँग मन्त्री मानन्धरले नेपाल भारत द्विपक्षीय सबन्धलगायत विषयमा छलफल गरेका थिए । केही साताअघि भारतले नेपाललाई कोभिड– १९ को महामारीसँग जुझ्न १० लाख डोज खोप सहयोग उपलब्ध गराएको थियो । छलफलका क्रममा राज्यमन्त्री मानन्धरले सो सहयोगका लागि धन्यवाद थिए । 

अघिल्लो वर्ष काश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा भारतले कालापानी क्षेत्रसहितको भूभाग समेटेर नक्सा जारी गरेपछि नेपालले विरोध जनाएको थियो । त्यसपछि दुवै देशबीच कूटनीतिकस्तरमा चिसोपन देखा परेको थियो । उक्त विवादपछि भारततर्फबाट त्यहाँका बाह्य गुप्तचर निकायका प्रमुख, स्थल सेनाध्यक्ष र परराष्ट्रसचिवले नेपालको भ्रमण गरेका छन् ।

त्यसपछि लामो समयपछि नेपालको तर्फबाट पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण गरेका थिए । सो भ्रमण नै नेपालको तर्फबाट भएको सबैभन्दा पहिलो उच्चस्तरको भ्रमण हो । त्यसलगतै राज्यमन्त्री मानन्धरले अनौपचारिक भ्रमण गरेका हुन् ।

यो पनि