जेठ ०६, २०८१, आइतबार
               

पत्रकारिताका समस्याको समाधान गर्न तयार छौँ : मन्त्री गुरुङ

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले  पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्‍घ काठमाडौं जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन समारोहमा उनले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताएका हुन्।

पत्रकार समाज रुपान्तरणको मुख्य अङ्‍ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले पत्रकारले समाजमा सही सूचना प्रवाह गर्नका लागिमात्र आफ्नो कलम अघि बढाउन सुझाव दिए। 

आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढङ्‍गबाट पत्रकारलाई छलफलमा बोलाइ कार्यक्रम अघि बढाउने पनि उनले बताए ।

गतका वर्षमा जस्तै आगामी दिनमा पत्रकारले आफ्नो अधिकार स्थापित गर्नका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको कानुनीरुपमा नै अन्त्य गरिने उनको धारणा थियो। हाल  पाँच करोड रुपैयाँ रहेको पत्रकार कल्याणकारी कोषका लागि पाँच करोड रुपैयाँ थपेर १० करोड रुपैयाँ बनाएर बहुवर्षीय कार्यक्रमका रुपमा अघि बढाउने पनि मन्त्री गुरुङले जानकारी गराए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाले पत्रकार उपचार कोषका लागि सो शाखालाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। नगरप्रमुख विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गर्दै समाज रुपान्तरण लागि मुख्य भूमिका निर्वाह गर्ने पत्रकारलाई सहयोग गर्न पाउँदा आफूखुसी रहेको बताए।

कार्यक्रममा विभिन्‍न क्षेत्रमा कलम चलाएका अग्रज पत्रकारलाई पुरस्कार वितरण एवं सम्मान गरिएको छ। सम्मान पाउनेमा राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, बलराम थापा, निर्मला शर्मा, देवेन्द्र चुँडाल, विश्‍वराज किरात, इन्द्र रिजाल, निरोधराज पाण्डे, ज्ञान उदास, ईश्वरीप्रसाल वाग्ले, टीबी विरही, गोपाल बुढाथोकी, दामोदरप्रसाद दवाडी र मानध्वज लामा रहेका छन्। कार्यक्रममा पत्रकारिता नामक स्मारिकाको विमोचना गरिएको थियो।

यो पनि